ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश


 


काठमाडौं, असार ७

भेनेजुएलाको चुनौती पन्छाउँदै ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ।

चिलीमा जारी प्रतियोगिता अन्तर्गत सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले भेनेजुएलालाई २-१ ले हराउँदै शीर्ष स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गरेको हो।

ब्राजिललाई विजयी गराउन थियागो सिल्भा र रोबर्टो फर्मीनोले १-१ गोल गरे । भेनेजुएलाका मिकुले एक गोल फर्काए।

समूह सी कै अर्को खेलमा कोलम्बिया र पेरू गोलरहित बराबरी खेल्दै क्वाटरफाईनलमा उक्लिएका छन्।

यसैबीच कोपा अमेरिका फुटबलको क्वाटरफाईनल समीकरण पूरा भएको छ।

अब सेमिफाइनल प्रवेशका लागि चिली र उरुग्वे, बोलिभिया र पेरु, अर्जेन्टिना र कोलम्बिया तथा ब्राजिल र पाराग्वे एक आपसमा भिड्ने भएकाछन्।

प्रकाशित मिति: ७ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्