सुनको मूल्य आज पनि बढ्यो, कति पुग्यो ?
काठमाडौं, माघ २८ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।
सुन आज तोलामा एक हजार चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २८ माघ २०८१, सोमबार











