म्याराडोना फिफा अध्यक्षमा उठ्ने


 


सान्टियागो , असार ९

महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा सेपdownload

ब्लाटरको स्थानपूर्तिका लागि अध्यक्ष हुने निर्णय गरेका छन् । उनले यस्तो निर्णय उरुग्वेका लेखक तथा पत्रकार भिक्टर ह्युगो मोरालेसलाई बताएका हुन् ।

अर्जेन्टिनी राष्ट्रिय टिमका पूर्वप्रशिक्षक म्याराडोनासँगको वार्तापछि मोरालेसले टीटरमा लेखेका छन्, ‘म्याराडोनाले आफू फिफाको अध्यक्षमा उठ्ने र यसबारे आधिकारिक सूचना दिन मलाई भनेका थिए ।’ भेनेजुएलाका अध्यक्ष निकोलस माडुरोले यसअघि नै म्याराडोना फिफा अध्यक्ष हुन सक्ने सुझाव दिएका थिए ।

५४ वर्षे म्याराडोनाले लामो समयदेखि ब्लाटरको आलोचना गर्दै आएका छन् । भ्रष्टाचारका कारण चर्चामा रहेपछि ब्लाटरले पाँचौंपल्ट अध्यक्ष भएलगत्तै पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

रोयटर्स

प्रकाशित मिति: ९ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्