विश्व बैंकले ५० अर्ब दिने


 


काठमाडौ, असार ९

भूकम्पपछिको पुर्ननिर्माणका लागि विश्व बैंकले नेपाललाई ५० करोड डलर (५० अर्ब रुपैयाँभन्दा बढी) सहयोग गर्ने भएको छ । विश्व बैंकका स्रोतका अनुसार असार १० मा काठमाडौंमा हुने दाता सम्मेलनमा यसको घोषणा गरिनेछ । सहयोग ‘सफ्ट लोन’का रुपमा दिइनेछ ।

यो रकममध्ये करिब २० अर्ब ग्रामीण क्षेत्रमा भवन बनाउन प्रयोग हुनेछ । विश्व बैंकले नेपालका ग्रामीण क्षेत्रमा आफैंले ५५ हजार घर बनाउन यो रकम खर्च गर्ने जनाएको छ । यो रकम विभिन्न बैंकहरु मार्फत् प्रवाह हुनेछ । यो १० अर्ब बजेटमा समावेश हुनेछ ।

बाँकी २० अर्ब रकम विश्व बैंकका अहिले नै संचालनमा रहेका कार्यक्रमबाट निकालिने छ । यसरी चालु कार्यक्रमबाट झिकिएको रकम पछि सोध भर्ना गरिने छ ।

ekantipur

प्रकाशित मिति: ९ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्