नेपालेडाँडा परिवार काठमाडाैंकाे साधारणसभा सम्पन्न, अध्यक्षमा रार्इ



काठमाडाैं, फागुन २२

नेपालेडाँडा परिवार काठमाडौँले नयाँ पदाधिकारी चयन गर्दै पाँचाैं साधारणसभा सम्पन्न गरेको छ।  सभाले बलराम (बलु) राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे ।

कार्यसमितिको उपाध्यक्षमा दिपराज दाहाल, सचिब, सह-सचिब र कोषाध्यक्षमा क्रमश: पदम राई, अमुल्य बस्नेत र सागर गौतम चयन भएका छन् । नोदमाणी पोखरेल, राजन खड्का, भुपाल कठेत, शुसिला गौतम,सुरेश लुइँटेल, अनुपम कोइराला, गोमा बस्नेत, संयोग राई र अनुजा राई सदस्यमा रहेका छन्।

साधारण-सभाकाे पूर्ब अर्थ मंत्री शंकर प्रसाद कोइरालाले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए। सभालाई संबोधन गर्दै उनले समाजसेवामा युवा मात्रै वा पाका ब्यक्ती मात्रै लाग्ने भन्ने कुरा हुन नहुने बताए।

पाका युवा मिलेरै गरेको काम सफल हुने दाबी उनले गरे। “चारो टिप्न शहर छिरेका हामीहरु अहिले अलि सक्ने भएपछि आफ्नो गाउँको उन्नती प्रगतिमा लाग्नैपर्छ” उनले भने।

सभालाई डिगविर धनमाया प्रतिष्ठानका अध्यक्ष रबिन्द्र अधिकारीले संबोधन गर्दै प्रस्तावित योगमाया आयुर्बेद विश्वबिद्धालयलाई स्थापना गर्न नयाँ कार्यसमितिले भूमिका खेल्न सुझाब दिए। यस्तो कार्यमा अन्य छिमेकी सामाजिक संस्थाको सहयोग रहने कुरा उनले बताए।

सभालाई माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रेम राई, ब्यवसायी चन्द्र कुमार खत्री, भोजपुरे सेवा समाजका परिषद् सचिव दिपक बहादुर अधिकारी, परिवारका पूर्ब अध्यक्ष योगेन्द्र कुमार राई, स्थानीय सन्त माविका पूर्व प्रअ श्याम कोईराला तथा परिवारका सल्लाहकार रामचन्द्र न्यौपानेले पनि संबोधन गरेका थिए। सभा निबर्तमान अध्यक्ष बिज्ञान अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News