विश्वको सबैभन्दा सानो बाख्रा बन्यो कारुम्बी
काठमाडौँ । विश्वको सबैभन्दा सानो बाख्रा भारतको केरलामा एक किसानले पालेको कारुम्बी । कारुम्बी विश्वको सबैभन्दा सानो जीवित बाख्राको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता भएको छ ।
मानिसहरुको सल्लाहअनुसार बाख्रा मालिक पिटर लेनुले गिनिज बुकमा कारुम्बीको नाम दर्ता गराएका थिए । गिनिज बुकका अनुसार बाख्राको जन्म सन् २०२१ मा भएको थियो ।
पूर्ण रूपमा विकसित भइसकेपछि पनि उसको उचाइ १ फिट ३ इन्च मात्र छ । बाख्रा क्यानेडियन पिग्मी प्रजातिको हो, जसमा आनुवंशिक बौनापन छ ।
यी बाख्राको खुट्टा सामान्यतया २१ इन्च भन्दा बढी हुँदैन । पिटर लेनुको यो बाख्रा अहिले गर्भवती छ । कारुम्बी गिनिज बुमा दर्ता भएपछि बाख्रा हेर्न पिटरको घरमा भीड लाग्न थालेको छ ।
प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार
















