पत्रकारहरुको विरोध र्याली
पूर्वराजा समर्थकद्वारा शुक्रबार काठमाडौँमा आयोजना गरिएको प्रदर्शनको क्रममा सञ्चारमाध्यममाथि भएको आक्रमण र रिपोर्टिङका क्रममा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घकाे नेतृत्वमा देशभरका शाखाले विरोध प्रर्दशन गरेका छन् । सबै तस्बिर/ रासस

लुम्बिनी, १६ चैतः पत्रकारको हत्या तथा आक्रमण र सञ्चारगृह माथिको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घको आह्वानमा शनिबार महासङ्घ रुपन्देही शाखाले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी सञ्चारकर्मी । तस्बिरः भरत केसी/रासस


धुलिखेल, १६ चैतः शुक्रबार काठमाडौँको तीनकुनेमा राजाबादीहरुले गरेको आन्दोलनको क्रममा मृत्यू भएका सञ्चारकर्मी सुरेश रजकप्रति नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकले शनिबार गरिएको श्रद्धाञ्जली कार्यक्रम अगाडि निकालिएको विरोध पदयात्रामा सहभागी पत्रकारहरु । सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र सञ्चारमाध्यममा गरिएको आगजनीको विरोध गर्दै चारदोबाटोबाट चाँदनीचोक हुँदै पुनः चारदोबाटोमा पुगेर महासङ्घले कोणसभा गरेका थिए । तस्बिरः पेमा लामा/रासस


नारायणगढ (चितवन), १६ चैतः शुक्रबार काठमाडौँमा गरिएको प्रदर्शनको क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममाथि भएको आक्रमण तथा रिपोर्टिङका क्रममा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शनिबार भरतपुरको चौबीसकोठीमा आयोजना गरेको विरोध कार्यक्रममा सहभागी पत्रकार । तस्बिरः सनद अधिकारी/रासस
प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार
















