कृषि विकास बैंकमा जागिर खुल्यो, खाने हाेइन ?



काठमाडाैं, फागुन २५

सरकारी स्वामित्वको कृषि विकास बैंकले अधिकृतका लागि जागिर खुलाएको छ । बैंकले एकैपटक ४० अधिकृतस्तरका कर्मचारीका लागि दरखास्त मागेको हो ।

बैंकले आज एक विज्ञापन प्रकाशित गर्दै खुल्लातर्फ २२ , महिला ५, आदिवासी/जनजाति ५, मधेशी ४, दलित २, अपाङ्ग १ र पिछडिएको १ गरी कुल ४० जना अधिकृत माग गरेको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा मुख्य कार्यलयमा आवेदन दर्ता गर्न सकिनेछ । आवेदन दिनका लागि आवेदकले परिक्षा दस्तुरबापत १००० रुपैयाँ र समावेसी समूहका लागि थप ३०० रुपैयाँ थप तिर्नु पर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News