चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा


 


असार १०

साविकको विजेता उरुग्वेलाई पराजित गर्दै चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार विहान भएको पहिलो क्वाटरफाइनलमा आयोजक चिलीले ९ खेलाडीमा सिमित उरुग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

चिलीको जितमा ८१ औं मिनेटमा मौरिसियो इस्लाले विजयी गोल गरे । त्यसअघि घरेलु टोलीका भार्गास र भिडालले गोल गर्ने राम्रो मौका गुमाएका थिए ।

खेलको ६२ औं मिनेटमा उरुग्वले ठूलो झड्का व्यहोरेको थियो ।  इडिनसन काभानीले दोहोरो पहेँलोसँगै रातो कार्ड पाए । उरुग्वेबाट ७६ खेल खेलेका काभानीले रातो कार्ड पाएको यो पहिलो पटक हो ।

खेलको ८८ औं मिनेटमा जोर्ज फ्युसिलेले रातो कार्ड पाएपछि उरुग्जे ९ खेलाडीमा सिमित भयो ।

सेमिफाइनलमा अब चिलीले बोलिभिया र पेरुबीचको विजेतासँग खेल्नेछ ।

एजेन्सी

प्रकाशित मिति: १० असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्