राखेपकाे सदस्य सचिवमा बिस्ट


 


काठमाडौं, असार १०

bistराष्ट्रिय खेलकूद परिषदको सदस्य सचिबमा केशवकुमार विस्ट नियुक्त भएका छन्। युवा तथा खेलकूद मन्त्रालयको मन्त्रि स्तरीय निर्णयबाट उनलाई बिहिबार नियुक्ति गरिएको हो।

संघहरुको सिफारिशमा आजै परिषद सदस्य नियुक्त गरिएका विस्टलाई मन्त्रीस्तरीय निर्णयबाट सदस्य सचिब पदमा नियुक्त गरिएको युवा तथा खेलकूदमन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिए।

नव नियुक्त सदस्य सचिव विस्ट एमाले भातृ संगठन नेपाल खेलकूद महासंघका कार्यवाहक अध्यक्ष हुन्। पौडेल मन्त्री भएपछि सो पदमा उनी कार्यवाहक रहँदै आएका थिए।

प्रकाशित मिति: १० असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्