गोसाइँकुण्ड
रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड । नेपाल भाषामा शिलु तीर्थको नाम प्रख्यात रहेको यो कुण्ड समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको छ । निर्मल स्वच्छ पानीले भरिएको यो कुण्ड १३ दशमलब आठ हेक्टर क्षेत्रमा फैलिएको जनाइएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस



रसुवाको भैरव कुण्ड
रसुवा जिल्लाको ऐतिहासिक भैरव कुण्ड । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाईमा रहेको गोसाइँकुण्ड कै नजिक रहेको र गोसाइँकुण्ड कै पानीको निकासबाट यो कुण्ड निर्माण भएको मानिन्छ । भैरवकुण्डमा पानी गाढा निलो र कालो देखिने विशेषता रहेको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार
















