यार्सागुम्बा सङ्कलनको क्रममा बस्न निर्माण गरिएको अस्थायी आवास



डोल्पाको ठूलीभेरी नगरपालिका -६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा बस्नका लागि बनाएको परम्परागत ढुङ्गेगोठ र त्रिपालका अस्थायी आवास । काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी यार्सागुम्बा सङकलनबाट राम्रो आम्दानी हुने आशाले घरमा ताला लगाएर एक महिनासम्मका लागि वृद्धवृद्वादेखि युवा,बालबालिका र पशुवस्तुसम्म लिएर रुप पाटन आउने गर्छन् । तस्बिरः लेख बहादुर बुढा/रासस

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्