बोलिभियालाई हराउँदै पेरु सेमिफाइनलमा


 


काठमाडौं, असार ११(एजेन्सी)

29FACE2100000578-0-image-a-12_1435277551364बोलिभियाको चुनौती ३-१ ले पन्छाउँदैं पेरू कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

चिलीमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको खेलमा पाउलो गुरेरोको ह्याट्रिकको मद्दतले पेरू बोलिभियालाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।

बोलिभियाका मार्सेलो मोरेनोले पेनाल्टीमार्फत् सान्तवना गोल फर्काएका थिए। आजको जितसँगै फाइनल प्रवेशका लागि पेरूले आयोजक चिलीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइलनमा भोलि अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् भने अन्तिम क्वार्टरफाइनलमा ‍आइतबार ब्राजिल र पाराग्वे आमनेसामने हुनेछन्।

setopati

प्रकाशित मिति: ११ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्