त्रिकोणात्मक टी– २० सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै



काठमाडौं । त्रिकोणात्मक टी– २० सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा तेस्रो सुपर ओभरमा पराजित नेपालले आज नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्न लागेको हो ।

तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ । दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ ।

पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो । तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकालेको थियो ।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि ३९ रनको जित निकालेको स्कटल्यान्ड भने दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो । नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन् ।

समान दुई अंक भए पनि तालिकामा रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्