आज १ अर्ब ४० करोड रुपैयाँको दहीको कारोबार हुने अनुमान
काठमाडौं । आज देशभर ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ ।
आज असार १५ मा देशभर ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए ।
असार १५ मा देशभर करीब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
असार १५ नेपालको संस्कृतिसँग जोडिएको पर्व भएको भन्दै विशेष गरी दही चिउरा खाएर असार १५ मनाउने हाम्रो मौलिक परम्परा नै बनेको पनि अध्यक्ष दाहालले बताए ।
असार १५ लाई मानो रोपेर मुरी फलाउने, धान दिवसको रुपमा मनाउने र दही चिउरा खाने दिनको रुपमा पनि मनाउने गरिएको छ ।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार
















