आफ्नो घर, आफै बनाउँदै भोजपुरका भूकम्पपीडित


 


भोजपुर, असार ११
3भोजपुर नगरपालिका–७ डाँडाँगाउँका राज कुमार श्रेष्ठको चार तले कच्चि घर अहिले दुई तलमा झरेको छ । बैशाख १२ गतेको विनशकारी भुइँचालोले घर चिराचिरा भएपछि उनले दुई तला भत्काएर दुई तलामा झारेका हुन् ।

छेउमै रहेको अर्काे घर भत्काउने सुरसारमा उनि जुटेका छन् । कच्चि घर चिराचिरा हुने गरी चर्किएपछि जोखिम कम गर्न उनले घरको तला बेलैमा मिल्काएका छन् ।

त्यही नजिकै रहेको दुर्गा प्रधानले चारतले घर दुई तलामा झारेका छन् ।आफ्नो घर भत्काउन उनिहरु आफै जुटेका छन् भने बनाउन पनि थालेका छन् । श्रेष्ठले घर पछाडी घर बनाउन थालेका छन् ।

भुइँचालो जाँदा काठमाडौंमा रहेका श्रेष्ठ त्यहाँको विनाश हेरेपछि आफ्नो घर जोखिम भएको भन्दै भत्काउन जुटेका हुन् । सदरमुकामका अधिकांश घर बस्न नमिल्ने गरी चर्किए पनि भत्काउन आलटाल गरिरहेका बेला श्रेष्ठ र प्रधान आफै अग्रसर भएका छन् ।

उनिहरु दुबैका घर पुर्ण क्षतिमा परेका छन् । हामी सदरमुकामका हुनेखाने, जानेबुझेकाले नै घर भत्काउन आलटाल गर्नु हुँदैन् श्रेष्ठ भन्छन्, आफ्नो घर आफै भत्काउने र निर्माण गर्ने हो ।
मेरो घर पुर्ण क्षतिमा परेको छ, राहत बुझ्न गएको छैन्, श्रेष्ठले भने पहिले जोखिम कम गरौ, त्यसपछि राहत बुझौंला । सदरमुकामका अधिकांश हुनेखाने, ब्यापारीहरुले सरकारी राहत र ऋण पाउने आशमा जोखिमयुक्त घर भत्काएका छैनन् ।

यत्रतत्र लडन् बाँकी घरहरुका कारण दिउँसो हिडडुलमा समेत खतरा बढेको छ । प्राय अधिकांश घरहरु सदरमुकामका बस्न नमिल्ने गरी चर्केका छन् । अझै पनि धेरै स्थानीय सुरक्षित ठाउँमा सुत्दै आएका छन् । जोखिमपुर्ण घरहरु भत्काउन यहाँका घरधनीले नगरपालिका, प्रशासन, प्रहरी कहि कतै निवेदन समेत दिएका छैनन् ।

फोटो फिचर हेर्नुहोस्

प्रकाशित मिति: ११ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्