सवारी दुर्घटनामा एक भोजपुरे सहित दुईको मृत्यु


 


विराटनगर, असार ११

मोरङको कोशीहरैचा नगरपालिकामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १८५७ नम्बरको बसले कोशीहरैचा–१ मा ना २२ प ६८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार भोजपुर होमताङ–६ बस्ने २८ बर्षिया बिमला राईको मृत्यु भएको छ । मोटरसाइकल चालकको नामथर खुल्न सकेको छैन। बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बस तथा चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ११ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्