उपाधि विजेता नेपाली टोली स्वदेश फर्कियो, विमानस्थलमा स्वागत
काठमाडौं, असार २३ । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ ।
स्वदेश फर्किएको नेपाली टोलीका खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कासहितका पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए ।
मलेसियामा भएको एसिसी यू–१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै उपाधि जितेको थियो ।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार
















