पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध



बाग्लुङ, असार २५ । पहिरो कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए । उनका अनुसार वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन सकिने अवस्था छैन । सडकको केही स्थानमा भासिएको छ ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्