क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा : प्रधानमन्त्री ओली
काठमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् उनले वर्षालगायतका कारण केही ढिलो भएको हुन सक्ने भएपनि काम अन्तिम चरणमा पुगेको बताएका हुन् । उनले तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको बताए ।
तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ । तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ,’ उनले लेखेका छन्, ’तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ । सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौं।’
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार
















