साफ यू–२० महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै



काठमाडौँ । साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल श्रीलंकाविरुद्ध खेल्दै छ ।

खेल बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ । यो खेल नेपाली समय अनुसार दिउसो २ः ४५ बजेदेखि शुरु हुदैछ ।

जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ । जसमा नेपालले श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरेको थियो भने भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेपाल बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालसँग ७–० गोलले पराजित भएको थियो ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्