जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै
काठमाडौँ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै छ ।
खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।
डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो ।
नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।
त्यस्तै श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोलअन्तरको जित निकालेको थियो ।
भुटानले भने हालसम्म नेपालसँग १ खेलमा तथा बंगलादेशसँग २ खेलमा हार बेहोरेको छ भने श्रीलंकालाई पराजित गरेको छ ।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार
















