अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा


 


Argentina

काठमाडौं, असार  १२

कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५/४ ले पराजित गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकर ४/४ मा सकिएपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि कारलोस टेभेजले निर्णाय गोल गरे ।

प्रकाशित मिति: १२ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्