कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक गर्ने बोर्डको तयारी



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले-२०८१ सालको कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीनचार दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए।

बोर्डले यस वर्ष वैशाख ११ देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। तर, शिक्षक महासंघले गरेको आन्दोलनको कारण परीक्षा वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो।

परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए।

जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्