यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि



काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत महिनाको पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्नेगरि चैत पहिलो साता नै परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

बोर्डले माध्यमिक तहको अन्तिम मानिने कक्षा १२ को वार्षिक परीक्षा भने २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ ।

कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

प्रकाशित मिति: ८ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्