नेकपा एसको कार्यालय आलोकनगरमा शिक्षक महासंघको धर्ना
काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको सबै माग सम्बोधन नभएको भन्दै दबाब दिने उद्देश्यले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन्।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना बसीरहेका शिक्षकहरूले नेकपा एसका नेताहरूलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।
महासंघले विद्यालय शिक्षा विधेयक छिटो जारी हुनुपर्ने मागसहित राजनीतिक दलहरुलाई दबाब दिँदै आएको छ ।
नेपाल शिक्षक महासंघले भाद्र ११ गते बुधवारबाट सो विधेयकमा आफूहरूको माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा हरेक दिन २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने आन्दोलनको कार्यक्रम शुरु गरेको छ
त्यसैक्रममा बुधवार काँग्रेस मुख्यालय सानेपामा धर्ना दिएका उनीहरूले बिहिबार एमाले मुख्यालय च्यासलमा र शुक्रबार माओवादी कार्यालय पेरिसडाँडामा धर्ना दिएका थिए ।
महासङ्घले आफूहरूका सबै माग सम्बोधन नभए आगामी दिनमा आन्दोलनलाई अझै चर्काउने चेतावनी दिएका छन् ।
प्रकाशित मिति: १५ भदौ २०८२, आइतबार
















