लक्ष्मी इलेक्ट्रोटेकद्वारा Whirlpool “Partners Meet 2025”
लक्ष्मी समूहको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेक प्रा. लिले काठमाडौंको Best Western Plus होटलमा आफ्नो वार्षिक Whirlpool “Partners Meet 2025” कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरू सहभागी थिए ।
कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र भारतको व्हर्लपूल लिमिटेडका निर्देशक – की अकाउन्ट तथा अन्तर्राष्ट्रिय व्यवसाय हिमांशु जैनले संयुक्त रूपमा सञ्चालन गर्नुभयो ।
कार्यक्रमका क्रममा व्हर्लपूलले आफ्नो नवीनतम सिंगल डोर तथा डबल डोर फ्रिज, साथै वाशिङ मेशिनहरूको प्रस्तुति गर्यो ।
अध्यक्ष श्रेष्ठले डिलर नेटवर्कको प्रशंसा गर्दै भन्नुभयो, “हाम्रा व्यापार साझेदारहरू हाम्रो वृद्धिको मेरुदण्ड हुन् ध्जष्चउियय िको नवप्रवर्तनशील प्रविधि र बलियो वितरण नेटवर्कमार्फत हामी नेपाली घरपरिवारमा विश्वस्तरीय उपकरणहरू पु¥याउन प्रतिबद्ध छौं ।”
त्यस्तै, हिमांशु जैनले नेपालप्रतिको प्रतिबद्धता व्यक्त गर्दै उल्लेख गर्नुभयो, “हामी नेपाली परिवारका लागि विश्वव्यापी नवप्रवर्तनहरू लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत प्रस्तुत गर्न उत्साहित छौं ।”
लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्डहरूको प्रमुख विक्रेता हो भने Whirlpool of India Limited विश्वभर होम एप्लायन्स उद्योगमा अग्रणी कम्पनी हो ।
कार्यक्रमको अन्त्यमा पुरस्कार वितरण, नेटवर्किङ डिनर, र व्यवसायिक सहयोगलाई अझ सुदृढ पार्ने प्रयाससहित सम्पन्न भयो । यस अवसरले नेपालभर ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्ने नयाँ प्रतिबद्धतालाई झल्काएको छ ।
प्रकाशित मिति: १५ भदौ २०८२, आइतबार
















