संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा धवलशम्शेर राणा
काठमाडौं । संयुक्त जनआन्दोलन समितिु को कार्यवाहक संयोजक धवल शम्शेर राणालाई दिइएको छ।
समितिका संयोजक नवराज सुवेदीले आफू देश बाहिर जानुपर्ने भन्दै राप्रपा महामन्त्री राणालाई कार्यवाहक संयोजकको जिम्मेवारीदिएका हुन् ।
सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन्- ‘म केही समय देश बाहिर हुनेछु । म देश बाहिर रहुन्जेल, मेरो अनुपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रुपमा निर्वाह गर्न आन्दोलन परिचालन समितिका संयोजक मा। डा। धवलशम्सेर राणालाई अख्तियारी दिएको छु।’
धवल शम्शेर संयुक्त जनआन्दोलन समिति मा आन्दोलन परिचालन समितिका संयोजक पनि छन्।
राजसंस्था पुनर्स्थापना, संघीयता खारेजी, हिन्दु राष्ट्र पुनर्स्थापनालगायत मुद्दा अघि सारेर २०८१ चैत ४ गते सुवेदीको नेतृत्वमा ुसंयुक्त जनआन्दोलन समितिु गठन भएको थियो।
प्रकाशित मिति: १६ भदौ २०८२, सोमबार
















