आन्दोलनको नाममा लुटपाटमा संलग्न २६ जना पक्राउ



काठमाडौं, भदौ २५ । जेनजी आन्दोलनका नाममा लुटपाटमा संलग्न २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अपनाएसँगै लुटपाटमा संलग्नहरुलाई पनि पक्राउ गरिएको हो । सेनाले काठमाडौं र भक्तपुरबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

दुई दिनदेखि चर्किएको जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो ।

साथै सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका सहकार्य गर्न समुदायलाई आग्रह पनि गरेको छ ।

नेपाली सेनाले कहीकतै अराजक गतिविधि देखिएमा तत्काल नेपाली सेनाको मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाटसएप वा भाइबरमा एसएमएस पठाई सहयोग गर्न सेनाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २५ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्