देशरभर मौसम बदली, यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, भदौ २६ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ । अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसका साथै कोशी प्रदेशको पहाडी क्षेत्र र मधेश, गण्डकी तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २६ भदौ २०८२, बिहिबार












