श्रीमतीसँग भेटेपछि हत्या, प्रहरी समक्ष आत्मसमर्पण



काठमाडौं । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका छन् ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार बुधबार राति ज्ञावालीले आफ्नी ३७ वर्षीया श्रीमती सुजता ज्ञावालीसँग मोहमदलाई भेटेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मोहमद घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि ज्ञावालीले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञावालीकी श्रीमती सुजतालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २६ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्