भोजपुरमा धानखेतीको क्षेत्रफल घट्यो, उत्पादन घट्ने



भोजपुर, भदौ २६ । भोजपुरमा यस वर्ष धानखेतीको क्षेत्र घटेको छ । गत वर्ष १२ हजार १५४ हेक्टर क्षेत्रमा धानखेती भएकामा यस वर्ष ११ हजार पाँच सय हेक्टरमा मात्र धानखेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

यस वर्ष समयमा बर्सात नहुुनु तथा गाउँघरमा बसाइँसराइको दर बढेको कारण धानखेतीको क्षेत्र घटेको कृषि ज्ञानका सूचना अधिकारी घनश्याम बरालले बताए । यो वर्ष भोजपुरमा करिब ९६ प्रतिशत मात्र रोपाइँ भएको छ ।

गत आर्थिक वर्ष भोजपुरमा ३७ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो । धानखेतीको विस्तारको क्षेत्र घटेकाले यस वर्ष उत्पादनमा पनि कमी आउने सम्भावना रहेको देखिएको छ ।

प्रकाशित मिति: २६ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्