नख्खु जेलबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकलासहित १७ जना मंगलटारमा पक्राउ
काठमाडौं २६ भदौ। जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय साह (टकला) काभ्रेको मंगलटारमा पक्राउ परेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज ईश्वर कार्की नेतृत्वको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
जनकपुर बम काण्डमा दोषी ठहर भएका टकलामाथि संचार उद्यामी अरुण सिंहानियाको हत्या र अकुत सम्पत्तिको मुद्दा पनि छ । उनीसँगै नख्खु कारागारबाट भागेका १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २६ भदौ २०८२, बिहिबार












