पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री बन्दै, आज सपथको सम्भावना



काठमाडौं, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।

उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए ।

तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा भने सहमति हुन सकेको छैन । जेनजीले संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान राखेका छन् ।

प्रकाशित मिति: २७ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्