भारतबाट फर्केका कालिकोटका दुई जना कञ्चनपुरमा लुटिए



कञ्चनपुर । भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका कालिकोटका दुई जना बिहीबार बीच बाटोमै लुटिएका छन् ।

पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा आएका अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेका हुन् ।

दुई जनालाई लुटेराहरूले लुटे पनि तीन जना भने लुटिनबाट जोगिएका छन् । लुटपाट भएकोबारे उनीहरुले इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएका छन् । पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजतलास भइरहेको प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: २७ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्