चितवन कारागारका कैदीबन्दी फर्किन थाले
काठमाडौँ, भदौ २७ । चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी गरेर निस्किएका ७ सय ४० कैदीबन्दीमध्ये ५४ जना कारागार फर्किएका हुन् । अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिए ।
बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए । प्रहरीले उनीहरुलाई फोन गरेर बोलाएको जनाएको छ ।
आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए । उनीहरुले मूल गेटमा आगो लगाएका थिए ।
प्रकाशित मिति: २७ भदौ २०८२, शुक्रबार












