दिउँसोको समयमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी
काठमाडौँ, भदौ २७ । काठमाडौँ उपत्यकामा दिउँसोको समयमा लगाइएको कर्फ्यू हटाइएको छ ।
दिउँसोको समयमा कर्फ्यू हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म भने कर्फ्यू लाग्ने छ ।
जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ ।
प्रकाशित मिति: २७ भदौ २०८२, शुक्रबार












