शीतल निवासमा ९ बजे हुने भनिएको वार्ता दिउँसो २ बजे सर्यो



काठमाडौँ, भदौ २७ । अन्तरिम सरकार गठनका सम्बन्धमा राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान ९ बजे हुने भनिएको वार्ता ५ घण्टा पर सारिएको छ ।

वार्ता दिउँसो २ बजेका लागि सारिएको छ । आन्तरिक तयारीका लागि भन्दै वार्ताको समय सारिएको बताइएको छ ।

अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् ।

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा सहमति बने पनि संविधानको कुन प्रक्रिया अपनाउने भन्ने विषयमा अन्यौल कायमै छ ।

जेनजी आन्दोलनका युवाहरूले भने संसद् विघटन हुनुपर्ने माग गरिरहेका छन् ।

प्रकाशित मिति: २७ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्