प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र शपथग्रहण आजै
काठमाडौं, २७ भदौ । राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ ।
उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभएको हो । नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ । यससम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २७ भदौ २०८२, शुक्रबार












