नेपालका सुदनबारे अफवाह : भारतका सुधन गुरुङले दिए स्पष्टीकरण



काठमाडौं, भदौ २८ । नेपालको ‘जेन–जी’ आन्दोलनका अगुवा ‘सुदन गुरुङ’बारे अफवाह फैलिएपछि भारतका सुधन गुरुङले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका छन् ।

कतिपयले सुदनलाई भारतीय नागरिक भनेर अफवाह फैलाइरहेका बेला भारतीय नागरिक दार्जिलिङ ‘सुधन गुरुङ’ले आफूहरु फरक रहेको भन्दै स्पष्टीकरण दिएका हुन् ।

कतिपय सञ्चारमाध्यमले नेपालमा जारी जेन–जी आन्दोलनसँग जोडेर आफ्नो नाम र तस्बिर प्रचार गरेर भ्रम सृजना गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘नेपालको विरोध प्रदर्शनमा भाग लिने व्यक्ति सुदन गुरुङ नेपालको नागरिक हुन् र पूर्ण रूपमा फरक व्यक्ति हुन्, जसको मसँग कुनै सम्बन्ध छैन । संयोगवश हामी दुवैको नाम एउटै परेको छ र कुरा यत्तिमै सकिन्छ । जोडेर भ्रम सिर्जना नगरियोस् ।’

भारतीय गुरुङले सञ्चारमाध्यमलाई सत्यतथ्य बुझेर मात्र रिपोर्टिङ गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: २८ भदौ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्