राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् ।
राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गरेका हुन् ।
नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: २८ भदौ २०८२, शनिबार












