प्रतिनिधिसभा विघटन असंवैधानिक : नेपाल बार
काठमाडौं, भदौ २८ । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार राति प्रतिनिधि सभा विघटन भएलगत्तै विज्ञप्ति जारी गर्दै बारले यस्तो निष्कर्ष निकालेको हो । प्रतिनिधिसभा विघटनको निर्णय स्वेच्छाचारी र असंवैधानिक भन्दै त्यसले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि प्रहार भएको बारले जनाएको छ ।
अवधि नपुग्दै प्रतिनिधिसभा विघटन गर्ने अभ्यासले लोकतान्त्रिक संस्थाहरूमाथिको जनविश्वास घटाउने र मुलुकको संवैधानिक व्यवस्थाको जगलाई खतरामा पार्ने बारको निष्कर्ष छ ।
प्रकाशित मिति: २८ भदौ २०८२, शनिबार












