तुलसीपुरका ८३ कैदीबन्दी फर्किए



दाङ, २८ भदौं  जेनजी आन्दोलनको क्रममा भागेको तुलसीपुर कारागारका ८३ कैदीबन्दी कारागारमा फर्केका छन्। २५३ मध्ये अहिलेसम्म ८३ कैदीबन्दी कारागारमा फर्किएको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो । 

उहाँको अनुसार तुलसीपुर कारागारबाट तीन पटकमा २५३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ८३ कैदीबन्दी आफै फर्किएका छन् । बाँकी कैदीको खोजी भइरहेको छ, उहाँले भन्नुभयो, “उहाँहरूलाई शनिबारसम्म फर्किन समय दिएका छौं, यदि बेलुकासम्म फर्किएनन् भने प्रहरी प्रशासनले खोजी गरेर ल्याउँछ ।” 

केही कैदीबन्दी मेरो सम्पर्कमा हुनुहुन्छ, केही सुरक्षाकर्मीको सम्पर्कमा आइरहनुभएको छ, उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयले कैदीहरूलाई फर्किन सूचना जारी गरेपछि आफैँ फर्किन थाल्नुभएको छ, केही सम्पर्कमा आइरहनुभएको छ ।”

बेलुकीसम्म बाँकी कैदीहरू फर्किने विश्वास रहेको उहाँले बताउनुभयो । “यद्यपि उहाँहरू कारागारमा फर्किनु भएन, हामी आफैँ खोजेर पनि ल्याउने छौं, उहाँले भन्नुभयो, “प्रशासनले निकालेको सूचनाभित्रमा फर्किनु भएन भने प्रहरी प्रशासनले आफै खोजेर भए पनि ल्याउने छ ।”

प्रकाशित मिति: २८ भदौ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्