कञ्चनपुरमा जङ्गली हात्तीको आतंक, एक जना घाइते



धनगढी, भदा २९ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा जङ्गली हात्तीले आतंक मच्चाउन थालेको छ । हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

शनिबार साँझ करिब साढे पाँच बजे बेल्डाँडी गाउँपालिका–१ स्थित झरना सागर सामुदायिक वन नजिकै हात्तीले आक्रमण गर्दा स्थानीय ४७ वर्षीय डम्बर सिंह बिष्ट घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्