रेशम चौधरीले गरे नाउपा छोडेको घोषणा, नयाँ पार्टी खोल्ने
काठमाडौं, भदौ २९ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । पछिल्लो समय चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच पार्टीको आधिकारिकतालाई लिएर विवाद भएको थियो ।
चौधरीले अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने घोषणा समेत गरेका छन् । उनले नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पंतिलाई आग्रह पनि गरेका छन् ।
उनले अब जेनजी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने प्रण गरेका छन् ।
प्रकाशित मिति: २९ भदौ २०८२, आइतबार












