सर्वोच्चले अदालत परिसरमा टेन्ट टाँगेर थाल्यो काम



काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सर्वोच्च अदालतले आइतबारदेखि सेवा दिन थालेको छ ।

भवन पूर्ण जलेपछि सर्वोच्चले अदालत भवन परिसरमै टेन्ट राखेर परिसरबाटै सेवा दिन थालेको हो ।
जेनजी आन्दोलनका क्रममा मंगलबार काठमाडौंमा भएको तोडफोड र आगजनीका क्रममा सर्वोच्च अदालतमा पनि आगजनी भएको थियो ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै थुप्रै महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन् ।

प्रकाशित मिति: २९ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्