मन्त्रिमण्डल विस्तार, कुलमानसहित तीन मन्त्री नियुक्त
काठमाडौँ, भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गर्दै तीन मन्त्री नियुक्त गरेकी छन् ।
आइतबार साँझ नियुक्त गरिएका नयाँ मन्त्रीहरूको सोमबार शपथ ग्रहण समारोह हुँदैछ ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए ।
त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । हाल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार थिए । पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ ।
प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार












