आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौँ, भदौ ३० । हाल देशभर साधारणतया मौसम बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशलगायतका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनीका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्