पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध
बाग्लुङ, भदौ ३० । अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए । उनका अनुसार कालाखोला छेत्रमा यसअघि पनि पहिरो खसेको थियो ।
वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भइरहेको छ । वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार












