पीएसओ र गाडी सुविधा नलिने रामेश्वर खनालको घोषणा
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा अर्थमन्त्री बन्ने तयारीमा रहेका पूर्व अर्थसचिव डा. रामेश्वर खनालले अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।
स्रोतका अनुसार, उनले मन्त्री भएबापतका निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेका हुन् ।
खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् ।
पूर्व अर्थसचिव खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा थिए ।
प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार












